+
+

ग्लोबल आईएमई बैंकको ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १९:३०

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ ।

बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार सोंचे जस्तै बैंक खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क रुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिंदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ ।

ग्राहकहरुमा नियमित बचत गर्ने बानीको विकास गर्ने अभिप्रायले ग्राहकहरुलाई लक्षित गरी समयसमयमा यस्ता योजनाहरु ल्याउने गरेको बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?