+

चर्च ब्वाइजको पाँचौ बराबरी, अग्रता जोगाउन नसक्दा फ्रेण्ड्ससँग रोकियो

२०७९ चैत  ३० गते २०:०३ २०७९ चैत ३० गते २०:०३
चर्च ब्वाइजको पाँचौ बराबरी, अग्रता जोगाउन नसक्दा फ्रेण्ड्ससँग रोकियो

३० चैत, काठमाडौं । पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेडले शीर्ष डिभिजनमा सुरुवाती तीन खेल जितेर सानदार सुरुवात गरेको थियो ।

तर बी डिभिजन च्याम्पियन बनेर एमा उक्लेको चर्च ब्वाइजले त्यसपछि भने लगातार पाँच खेलमा बराबरी खेलेको छ । चर्च ब्वाइजले खेल नजितेको ५ खेल भइसकेको छ ।

आठौं चरणको अन्तिम खेलमा दशरथ रंगशालमा बिहीबार चर्च ब्वाइजले अग्रता जोगाउन नसक्दा रेलिगेसन जोनको फ्रेण्ड्ससँग १-१ को बराबरी रोकियो ।

लगातार पाँचौ बराबरी खेलेको चर्च ब्वाइज जारी लिगमा एक्लो अपराजित टिमको रुपमा छ । ८ खेलबाट १४ अंक जोडेको चर्च ब्वाइज तेस्रो स्थानमा उक्लेको छ । फ्रेण्ड्स ८ खेलबाट ५ अंकसहित १३औं स्थानमा छ ।

खेलको २१ औं मिनेटमा जोस्पेह बेम्पाहले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा फ्रेण्ड्सले पेनाल्टीबाट बराबरी गोल फर्कायो ।

चर्च ब्वाइजका मनोज राईले पेनाल्टी एरियामा टोरिक जेब्रिनलाई लडाएपछि प्राप्त पेनाल्टीमा फ्रेन्ड्सका ७३ औं मिनेटमा अमित तामाङले गोल गरे ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय