+
+

शीर्ष नेताहरुको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १२:०२

१ वैशाख, काठमाडौं । संसदमा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।

यसअघि सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई पटक छलफल भइसकेको छ । शुक्रबार दिउँसो १ बजे पनि बैठक बस्ने तय भएको थियो । तर बैठक स्थगित भएको छ ।

नेताहरुका अनुसार एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको बताएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो । अर्को बैठकको मिति तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?