१ वैशाख, काठमाडौं । सरकारले २२ जना खेलकर्मीलाई विभिन्न पदक र अलंकारबाट सम्मान गरेको छ ।
संविधान दिवसका अवसरमा घोषणा गरिएको पदक राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको दिन शुक्रबार प्रदान गरेका हुन् ।
सरकारले संविधान दिवशमा पदक र अलंकारबाट सम्मानित हुने ९ सय ९८ जनाको सूची सार्वजनिक गरेको थियो ।
कीर्तिमानी तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक विष्टले प्रवल जनसेवाश्री पदक पाएका छन् ।
दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा चार स्वर्ण जितेकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रद्वीप पदक पाएकी छन् ।
राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदीश भट्ट र कप्तान अरुणा शाहीले जनसेवाश्री पदक पाएका छन् ।
नेपाल ट्रायथलन संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव तथा ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्तक जगतबहादुर खड्का, पाराओलिम्पियन तथा एसियन युथ पारातेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता पलेशा गोवर्द्धन, फुटबलकी प्रमुख प्रशिक्षक अरुणा गुरुङ, तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षेत्रीले पनि जनसेवाश्री पदक पाएका छन् ।
अलंकारतर्फ नेपाल प्रताप भूषणबाट ओलम्पियन प्रमिला रिजाल सम्मानित भएकी छन् । उनी एथलेटिक्स खेलाडी तथा हाल विभागीय टोली एपीएफकी प्रशिक्षकसमेत हुन् ।
सूकीर्ति पदकबाट ११ जना सम्मानित भएका छन् । रेणुका श्रेष्ठ, बक्सिङका एसियन पदकधारी तथा हाल प्रशिक्षक दीपक महर्जन, नेपाल क्रिकेट संघ क्यानका पूर्व कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ, शिवध्वज देवान राई, रन्जित तामाङ, शुटिङकी ओलम्पियन कल्पना परियार, एथलेटिक्सकी जयरानी थारु, जीवन थारु र तिलकबहादुर देउजाले स्वीकृति पदक पाएका हुन् ।
खेलकुद मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर रेग्मीले सुप्रबल जनसेवा श्री पदक पाएका छन् ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4