+
+

दाङमा बसबाट हाम फाल्दा महिलाको मृत्यु  

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते १८:०२

३ वैशाख, दाङ । दाङमा ब्रेक फेल भएर अनियन्त्रित बनेको बसबाट हाम फाल्दा  एक महिलाको मृत्यु भएको छ ।

घोराही-लमही सडकखण्डमा शनिबार दिउँसो १ बजे ना ४ ख ६९५० नम्बरको बस मुसोटको घुम्ती नजिकै ब्रेक फेल  अनियन्त्रित भएको थियो । सो क्रममा बसबाट हाम फाल्दा घाइते भएकी बंगलाचुली गाउँपालिका- ६ लापे ३० वर्षीया यमि घर्ती मगरको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

दुर्घटनामा बसमा सवार मृतकको ५ वर्षीय छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका- २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका- ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन् । घाइतेहरु लमही अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?