+
+

मनको कुरा भनिहाल्ने आँचल (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १६:१५

काठमाडौं । आँचल शर्माको अभिनय करिअरले यो वैशाखमा सात वर्ष पूरा गरेको छ । यसबीचमा उनले नौ फिल्ममा अभिनय गरिन् । ठीक एक वर्षअघि उनको पहिलो फिल्म ‘नाइँ नभन्नु ल ४’ रिलिज भएको थियो । उनको पछिल्लो फिल्म ‘नाइँ नभन्नु ल ६’ प्रदर्शनको तयारीमा छ ।

अभिनेत्री बनेर नाम कमाउने उनको सपना थिएन, तर परिस्थितिले उनलाई यो ठाउँमा ल्याइपुर्‍यायो । क्युट र ब्युटीफुल आँचलको स्वभाव मनमा लागेको कुरा भनिहाल्ने छ । यो स्वभावले उनलाई विवाद र चर्चामा ल्याउँछ । तर उनलाई नजिकबाट चिन्नेहरु उनको यो स्वभाव राम्रो रहेको बताउँछन् ।

जोनी जेन्टलम्यान, शत्रुगते, ब्ल्याक, दाल भात तरकारी, झिंगेदाउ उनका प्रदर्शन भइसकेका फिल्म हुन् । ‘वर एण्ड वधु’ छायांकनकै चरणमा छ । दर्जनौं म्युजिक भिडियोले पनि उनलाई चर्चा दिलाएका छन् । बच्चालाई समय दिने भविष्यमा बेबी प्लान गर्ने विवाहित आँचलको योजना छ । उनका श्रीमान उदीप श्रेष्ठ चिकित्सक हुन् ।

वास्तविक नाम आँचल दवाडी भएपनि उनी आँचल शर्मा नामले चिनिन्छिन् । गायन, सपिङ, कुकिङ र अध्ययन उनका रुचि हुन् । फेसनमा समेत रुचि राख्ने ब्राण्डेड प्रसाधनकी पारखी हुन् आँचल । सन् २०१५ मा उनले मिस प्लस टु नेपालको उपाधि जितिन् भने सन् २०१३ को मिस एसएलसी ब्युटी कन्टेस्टमा फोर्थ रनरअप घोषित भइन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?