+

थ्री स्टार र चर्च ब्वाइजबीचको खेल गोलरहित बराबरीमा

२०८० वैशाख  ४ गते १७:५८ २०८० वैशाख ४ गते १७:५८
थ्री स्टार र चर्च ब्वाइजबीचको खेल गोलरहित बराबरीमा

४ वैशाख, काठमाडौं । स्टार खेलाडीले भरिएको चर्च व्वाईज क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार थ्री स्टार क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाइज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

यससँगै चर्च ब्वाईजले शीर्ष स्थानको जावलाखेल युथ क्लवसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।

प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए । तर दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन् । सुरुवात बलमा पकड र आक्रामक खेल पस्किएपनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो ।

खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाइजको पहिलो अवसर खेर गएको थियो ।

खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईंले गोलको अवसर गुमाए । थ्री स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।

खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजको पनि १५ अंक नै छ ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय