+
+

लोकरिझ्याइँको राजनीतिले दुई-चार दिन रमाइलो बनाउँछ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १८:२७

४ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले लोकरिझ्याइँको राजनीति गरेको बताएका छन् ।

चितवन-२ को चुनावी सभामा बोल्ने क्रममा राश्वपाको नाम नलिइकन थापाले लोकरिझ्याइँ गर्ने राजनीतिक दलको चित्रण गरे ।

लोकरिझ्याइँको राजनीतिले उत्तेजना र समाज भड्काउने कार्य गर्ने उनले बताए । ‘लोकरिझाइँको राजनीतिले २/४ दिन रमाइलो हुन्छ । रोकरिझाई राजनीतिको एउटामा मात्रै सुत्र हुन्छ । के गर्नुपर्ने हो, त्यो हुँदैन । तपाईलाई जे सुन्न मन लागेको छ , त्यही भन्दिने हो,’ थापाले भने,‘लोक रिझ्याइँबाट प्रभावित भएर सिंगो प्रणाली माथि नै प्रश्न उठ्ने अवस्था आउन दिनुभयो भने त्यसको मूल्य हामी सबैले चुकाउनुपर्दछ।’

चितवन-२ लाई परीक्षण गर्ने ठाउँ हुन नदिन उनले मतदातासँग आग्रह गरे । अरु दुई ठाउँभन्दा भिन्न परिवेशमा चितवन-२ मा उपनिर्वाचन भएको उल्लेख गर्दै थापाले भने,‘उपनिर्वाचनको दोषी संविधान होइन । ल मेकर हुनुको अर्थ ल ब्रेकर हुन पाइन्छ भन्ने होइन ।’

महामन्त्री थापाले सरकार सञ्चालनको वर्तमान पद्धतिप्रति समेत असन्तुष्टि जनाए । आगामी पाँच वर्ष हेर्दाहेदै खेर जाने चिन्ता लागेको उनलेब बताए । संसदमा प्रधानमन्त्रीलाई सर्वाधिक प्रश्न गर्ने सांसदका रुपमा आफू उभिने उनले प्रतिवद्धता गरे ।

‘अब पाँच वर्ष संसदमा सबैभन्दा प्रश्न गर्ने सांसदका रुपमा मलाई पाउनुहुनेछ,’ थापाले भने,‘पाँच वर्षमा राम्रो गरेनौ भने भुइँमा पछार्छौं भन्ने सन्देश दिएर जिताएर पठाउनुस् ।’

पार्टी सभापति शेरबहादुर देउवा र आफूसँग चित्त नबुझेको भए त्यसको शिकार उम्मेदवार जित नारायण श्रेष्ठलाई नबनाउन उनले आग्रह गरे ।

‘म हरिमा विश्वास गर्ने मान्छे हुँ । भोट हाल्दा हरिले हेर्छन् । लाएको कुरा तपाईले भन्न पाउनुपर्छ तर धर्म राख्नुपर्दछ,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?