+
+

भीम आचार्यको प्रश्न : सरकारले कति वर्षमा पूर्णता पाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १४:५०

५ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले करिब ६ महिना हुन लाग्दा पनि सरकारले पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको बताए ।

सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ भन्ने प्रश्नसमेत उनले गरे ।

‘प्रधानमन्त्रीजीलाई मेरो प्रश्न, सरकारलाई मेरो प्रश्न, यो गठबन्धनका नेताहरुलाई मेरो प्रश्न के छ भने तपाईंहरुले यो सरकारलाई पूर्णता कति वर्ष लगाएर गर्नु हुन्छ ? कति वर्ष लाग्छ ?’ उनले थपे, ‘अनि, विकासको माग गर्न यहाँहरुलाई कति समय लाग्छ ? कति दशक लाग्छ कि वर्ष लाग्छ कि । वा शताब्दी लाग्छ कि । उत्तर चाहियो ।’

सरकारले आफ्ना कार्ययोजनाहरु संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने सुझाव पनि आचार्यले दिएका छन् ।

‘संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन । संसद भनेको सरकारको जवाफदेहिता लिने ठाउँ हो । सरकारले आफ्ना कार्ययोजनाहरु यहाँ प्रष्ट ढंगले सार्वजनिक गर्नु पर्दछ । जे मन लाग्यो त्यही गर्ने । देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?