+
+

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने ६ एयरलाइन्सले तिरेनन् यात्रुबाट उठाएको ७१ करोड कर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १५:१०

५ वैशाख, काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने आधा दर्जन कम्पनीले यात्रुबाट उठाएको कर सरकारलाई नतिरेको पाइएको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदन अनुसार नेपालबाट साउदी अरब, सिंगापुर, दुबई, कुवेत, इस्तानबुल र भुटान उडान गर्ने वायुसेवा कम्पनीले सरकारलाई ७१ करोड ५ लाख १४ हजार कर नबुझाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले यी कम्पनीबाट सोमा लाग्ने शूल्क र ब्याज असुल गर्न भनेको छ ।

नेपालबाट प्रस्थान हुने यात्रुको ओसारपसारमा गर्दा वायुसेवा कम्पनीले ५ प्रतिशत र नेपालबाट विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने यात्रुले काट्ने निकटमा भने २ प्रतिशतका दरले कर लाग्छ ।

आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा दर्ता भएका ५ र नयाँ बानेश्वरमा दर्ता भएको १ वटा कम्पनीबाट यात्रुबाट कर उठाए पनि घटी कर दाखिला गरेको महालेखाले जनाएको छ । यसबारे अन्य हवाई कम्पनीबाट हुन सक्ने करछलीबारे समेत छानविन गर्न महालेखाले सरकारलाई सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?