काठमाडौं । फिल्म निर्माणमा प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले स्थापना गरेको स्टोरी बैंकका लागि यस वर्ष ६ वटा कथानक र ६ वटा छोटा फिल्म छानिएका छन् । बोर्डले सूचना जारी गर्दै छानिएका फिल्मको सूची सार्वजनिक गरेको छ । कथा र पटकथाको मूल्यांकनको आधारमा यी फिल्म छानिएको बोर्डले जनाएको छ ।
स्वदेशी फिल्मको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, सांस्कृतिक, सन्देशमूलक र राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा फिल्म निर्माण गर्न बोर्डले यी फिल्म छनोट गरेको छ ।
कथानक चलचित्रतर्फ
(क) चलचित्रको नाम र लेखक
१. बहुरिया (कथा/पटकथा : सुरज यादव)
२. पेमा (कथा/पटकथा : सुन्दर योञ्जन)
३. भुन्टे (कथा/पटकथा : विकास न्यौपाने)
४. अल्ट्रा लेजेण्ड (कथा/पटकथा : अशोक गिरी)
५. फ्लोटिङ लाइक अ फिदर (कथा/पटकथा : केशव पाण्डे)
६. चलचित्र (कथा/पटकथा : प्रतीक गुरुङ/सफल केसी)
(ख) लघु चलचित्रतर्फ
चलचित्रको नाम र लेखक
१. बराःख्या (कथा/पटकथा : निशा श्रेष्ठ)
२. सेनुर (कथा/पटकथा : अनिल कुर्मी)
३. जल (कथा/पटकथा : सञ्जोग राणा)
४. अनन्यानी (कथा/पटकथा : अम्बिका भण्डारी)
५. सिलाबाला (कथा/पटकथा : विभूता सिटौला)
६. द लास्ट सेफर्ड (कथा : अनिल बुढामगर)
प्रतिक्रिया 4