+
+

सरकारले खोल्यो जग्गाको कित्ताकाट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १९:३३

५ वैशाख, काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ उनले भनिन् ।

यसअघि गत हप्ता पोखराका व्यवसायीसँगको कुराकानीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गामा पैसा फसेको र भूउपयोग नियमावलीका कारण जग्गा कित्ताकाट रोकिएकाले खोल्ने तयारी भइरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?