+
+

महालक्ष्मी विकास बैंकको ऋणपत्र पूर्ण रुपमा बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १९:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले निष्कासन गरेको सबै ऋणपत्र बिक्री भएको छ । बैंकले २९ चैतदेखि ४ वैशाखसम्म ११ प्रतिशत ब्याजदरको महालक्ष्मी डिबेन्चर–२०८९ निष्कासनमा ल्याएको थियो । उक्त ऋणपत्र तोकिएको समय भित्रै पूर्ण रुपमा बिक्री भएको बैंकले जनाएको छ ।

बैंकले दश वर्ष अवधिको प्रति कित्ता १००० रुपैयाँ अंकित मूल्यका दश लाख कित्ताले हुने एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कनासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये ६० प्रतिशत व्यक्तिगत तवरबाट र ४० प्रतिशत सार्वजनिक निष्कासन मार्फत सर्वसाधारण नेपालीहरुको लागि बिक्री खुला गरेको थियो ।

बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात ४ वैशाखमा नै डेढ गुणाले भन्दा बढी खरिद भएको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जवनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?