+
+

नापोलीलाई हराउँदै एसी मिलान सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते ७:२२

६ वैशाख, काठमाडौं । सिरी ए प्रतिद्वन्द्वी नापोलीलाई समग्रमा २–१ ले पछि पार्दै इटालियन क्लब एसी मिलान सन् २००७ पछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल दोस्रो लेगमा मंगलबार राति नापोलीसँग १–१ को बराबरी खेलेको मिलानले पहिलो समग्रमा २–१ को जित निकालेको हो । घरेलु मैदानमा भएको पहिलो लेग मिलानले १–० ले जितेको थियो ।

दोस्रो लेगमा ओलिभर जिरुडले ४३औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसअघि २२औं मिनेटमा जिरुडले पेनाल्टी गुमाएका थिए ।

८२औं मिनेटमा नापोलीले बराबरी गर्ने अवसर गुमायो । नापोलीका केभिचा केभारातखेलिया ८२औं मिनेटमा पेनाल्टीमा गोल गर्न असफल रहे ।

भिक्टोर ओसिमहेनले इन्जुरी टाइममा गोल गर्दै खेल १–१ को बराबरी गरे तर यसले नापोलीलाई क्वाटरफाइनलबाटै बाहिरिनबाट रोक्न सकेन ।

सन् २००७ मा लिभरपुललाई हराउँदै उपाधि नै जितेको एसी मिलान १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको हो ।

एसी मिलानले अब सेमिफाइनलमा अर्को इटालियन क्लब इन्टर र पोर्चुगिज क्लब वेनफिकाबीचको विजेतासँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?