+

पुलिसको पोष्टमा ६ गोल हान्दै जावलाखेलले बनायो ३ अंकको अग्रता

२०८० वैशाख  ६ गते १७:२५ २०८० वैशाख ६ गते १७:२५
पुलिसको पोष्टमा ६ गोल हान्दै जावलाखेलले बनायो ३ अंकको अग्रता

६ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले बुधबार विभागीय टोली नेपाल पुलिस क्लबमाथि गोलको वर्षा गर्दै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

च्यासल मैदानमा भएको खेलमा जावलाखेलले पुलिसलाई ६-१ ले हरायो । पहिलो हाफमा एक गोल मात्र गरेको जावलाखेलले दोस्रो हाफमा गोलको वर्षा गरेको हो ।

जावलाखेलका लागि फोडे फोफानाले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा हिसुब थपलियाले ५०औं र ८२औं मिनेटमा गोल गरे । एनकोटो मासोबीले ६५औं र ७२औं मिनेटमा गोल गरे । अब्दुललाजिज निशोनवाबले ६५औं मिनेटमा गोल गरे ।

पुलिसका लागि मोसेस टिवुमले ८८औं मिनेटमा सान्त्वना गोल फर्काए ।

जितपछि १० खेलबाट जावलाखेलले २० अंक जोडेको छ । जावलाखेलले सातदोबाटोमाथि ३ अंकको अग्रता बनाएको छ ।

सातदोबाटोले एक खेल खेल्न बाँकी छ । सातौं हार बेहोरेको पुलिस १० खेलबाट ५ अंकसहित अंकतालिकाको पुछारमै छ ।

जावलाखेल युथ क्लब शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय