६ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ एफसीले साविक विजेता मछिन्द्र एफसीलाई १-० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफलाई जिताउन विदेशी खेलाडी अर्मान्ड बेउडमले एक मात्र गोल गरे ।
उनले खेलको ३९औं मिनेटमा गोल गरेका थिए । त्यही गोल एपीएफलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
सिजनको चौथो जितपछि जितपछि एपीएफ १० खेलबाट १४ अंक जोडेर मछिन्द्रलाई पछि पार्दै आठौं स्थानमा उक्लेको छ ।
मछिन्द्रको यो तेस्रो हार हो । लिगको सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्र पछिल्लो ७ खेलमा अपराजित थियो ।
तर एपीएफले ७ खेलको अपराजित यात्रा सकिएको छ । १० खेलबाट १३ अंक रहेको मछिन्द्र नवौं स्थानमा झरेको छ ।
प्रतिक्रिया 4