+
+

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १४:२३

७ वैशाख, जाजरकोट । जाजरकोट र रूकुम पश्चिम जोड्ने गरी भेरी नदीमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा ६ जना घाइते भएका छन् ।

जाजरकोट-डोल्पा सडक खण्ड अन्तरगत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट जोड्ने निर्माणाधीन अवस्थाको बेलिब्रजि भाँचिएको हो ।

घटनामा ६ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डल्लीमा ल्याएको जानकारी आएको र थप बुझ्ने प्रयास भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीले केही नदीमा बगेर वेपत्ता भएको बताए पनि त्यसको पुष्टि नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?