+
+

‘आईएमई पे’ बाट इन्स्योरेन्सको बीमा नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १६:५९

काठमाडौं | ‘आईएमई  डिजिटल सोलुसन लिमिटेड’ को ‘आईएमई पे’ बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ ।

नयाँ वर्ष २०८० को अवसरमा आईएमई पे मार्फत आफ्नो बीमा पोलिसी नवीकरण गर्ने ग्राहकले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने मौका रहेको ‘आईएमई पे’ले जनाएको छ ।

‘आईएमई पे’ को बीमा सेवाको प्रयोग गरी केही मिनेटमै ग्राहकहरुले आफ्नो बीमा पोलिसी नवीकरण गर्न सक्ने ‘आईएमई पे’ले जनाएको छ ।

यस सेवा अन्तर्गत आईएमई लाइफ, एसियन लाइफ, अजोड इन्स्योरेन्स लगायत अन्य विभिन्न इन्स्योरेन्स कम्पनीहरुको बीमा पोलिसी नवीकरण गर्न सकिने छ ।

लामो लाइन तथा अन्य झन्झट्बाट ग्राहकवर्गलाई जोगाइ सजिलै बीमा नवीकरण गर्ने उदेश्यका साथ आईएमई पेबाट सो इन्स्योरेन्स पोलिसीहरुको नवीकरण गर्ने सुविधा उपलब्ध गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?