+

एनआरटीले एपीएफलाई हरायो

२०८० वैशाख  ८ गते १९:२६ २०८० वैशाख ८ गते १९:२६
एनआरटीले एपीएफलाई हरायो

८ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले शुक्रबार विभागीय टोली एपीएफलाई १-० ले पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा एनआरटीका लागि सन्जिब विष्टले दोस्रो हाफमा निर्णायक गोल गरे ।

सन्जिवले ७९औं मिनेटमा गोल गर्दै एनआरटीलाई ३ अंक दिलाए ।

लिगमा तेस्रो जितपछि ११ खेलबाट १३ अंक जोडेको एनआरटी दशौं स्थानमा उक्लेको छ ।

पाँचौ हार बेहोरेको एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय