+
+

ह्यासट्यागका आविष्कारक मेसिनाले ट्वीटर छाडे

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १३:३६

काठमाडौं । ह्यासट्यागका आविष्कारक क्रिस मेसिनाले ट्वीटर छाडेका छन् । मेसिनाले नै पहिलोपटक ट्वीटरमा ह्यासट्यागको प्रयोग गर्न सल्लाह दिएका थिए ।

एलन मस्कले ट्वीटर अकाउन्टका निशुल्क ब्लू टिक अर्थात् लिगेसी भेरिफिकेसन हटाउने निर्णय गरेकै बेला मेसिनाले ट्वीटरलाई बिदा गरेका हुन् । तथापि उनले सोही कारणले गर्दा नै ट्वीटर छाडेको कतै उल्लेख गरेका छैनन् । उनले ट्वीटरको बायोमा गुडबाइ लेखेर छाडेका छन् ।

द भर्जलाई दिएको एक अन्तरवार्तामा मेसिनाले भनेका छन्, ‘मेरो रुची भेरिफिकेसन ब्याजको विषयमा होइन । ती सबैकुराको बारेमा हो जसरी ब्याज प्राप्त गरिन्छ र त्यसलाई सम्हालिन्छ ।’

उनका अनुसार विगतमा ट्वीटर जे थियो पछिल्लो ६ महिनामा त्यस्तो रहेन । एलन मस्क नयाँ मालिक बनेर आएसँगै ट्वीटरको विश्वसनीयता घटेको उनको तर्क छ ।

क्रिस मेसिनाले सन् २००७ मा ट्वीटरमा ह्यासट्याग प्रयोग गर्ने सुझाव दिएका थिए । कुनै पनि शब्दलाई #मा जोडेर लेखेमा वा इन्टरनेटमा शेयर गरेमा त्यसले उक्त सामग्री खोज्न सजिलो पार्ने उनको भनाइ थियो । उनको सल्लाहकै आधारमा सुरु भएको ह्यासट्याग अहिले यतिधेरै लोकप्रिय बनेको छ कि ट्वीटरमा मात्र होइन फेसबुक तथा इन्स्टाग्राममा पनि यको प्रयोग व्यापक बनेको छ ।

एलन मस्कलाई मन पर्दैन ह्यासट्याग

तर विडम्बना ट्वीटरका सिइओ एलन मस्कलाई चाहीँ ह्यासट्याग मन पर्दैन । उनले सामले गरेको एउटा ट्वीटरको जवाफ दिँदै आफूले ह्यासट्यागलाई घृणा गर्ने बताएका थिए । जसलाई मेसिनाले कभर फोटो बनाएर ट्वीरमा राखेका छन् (हेनुहोस माथिको तस्विर) ।

वास्तवमा सामले च्याट जिपिटीमा एउटा यस्तो ट्वीट लेख्नका लागि सल्लाह मागेका थिए जसलाई एलन मस्कले लाइक तथा कमेन्ट गरुन् । त्यसपछि च्याट जिपिटीले स्पेस एक्सको विषयमा एक ट्वीट गरेको थियो र त्यसमा ह्यासट्याग पनि प्रयोग गरेको थियो । उक्त ट्वीटको जवाफमा एलन मस्कले आफूलाई ह्यासट्याग मन नपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?