+

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिप खेल्ने

२०८० वैशाख  १० गते १७:४४ २०८० वैशाख १० गते १७:४४
प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिप खेल्ने

१० वैशाख, काठमाडौं । ब्याडमिन्टनका उदीयमान खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले एसिया च्याम्पियनसिप खेल्ने भएका छन् ।

यूएईको दुबईमा आयोजना हुने ब्याडमिन्टन एसिया च्याम्पियनसिप २०२३ खेल्न प्रिन्स र रशिला आज आइतबार नै त्यसतर्फ प्रस्थान गरेका छन् ।

वैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनसिप ‘सुपर सेरिज १०००’ नामाकरण रहेको च्याम्पियनसिपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा गरि तीन विधामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्रि अनुप रत्न शाक्यले निर्णयकको भूमिका निर्वाह गर्ने समेत अध्यक्ष श्रेष्ठले बताए ।

आइतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले खेलाडी तथा निर्णायकलाई शुभकामना सहित बिदाइ गरेका थिए ।

बिदाइका क्रममा उपाध्यक्ष कोइरालाले नेपालका उच्च श्रेणीका व्यक्तिहरुले समेत प्रिन्सलाई पुरस्कार प्रदान गर्न लालायित रहने भन्दै त्यस सम्मानलाई कायम राख्दै सहभागिताका लागि मात्र खेल्न नभई उत्कृष्ट नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

प्रिन्स दाहाल ब्याटमिन्टन रशिला महर्जन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय