+

चार क्लबलाई कारबाही, जिवेश पाण्डेलाई ८ खेलको निलम्बन

२०८० वैशाख  ११ गते १६:०५ २०८० वैशाख ११ गते १६:०५
चार क्लबलाई कारबाही, जिवेश पाण्डेलाई ८ खेलको निलम्बन

११ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिले जारी शहीद स्मारक ए डिभिजन लिगमा अनुशासन उल्लंघन गरेको आरोपमा साविक विजेता मछिन्द्र एफसीसहित चार क्लबलाई कारबाही गरेको छ ।

समितिले मछिन्द्र, संकटा क्लब, एपीएफ एफसी र एफसी खुमलटारका पदाधिकारीलाई विभिन्न खेलमा अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको एन्फाले जनाएको छ ।

समितिले संकटा, मछिन्द्र र खुमलटार क्लबलाई १०-१० हजार तथा एपीएफलाई ५ हजार जरिवाना गरेको हो ।

यसैगरी एपीएफ क्लबका अफिसियल जिवेश पाण्डेलाई ८ खेलको प्रतिबन्ध र १० हजार जरिवाना गरेको छ ।

समितिले अप्रिल १६ (म्याच ६०) मा एपीएफ फुटबल क्लबसँगको खेलमा ढिलाइ गरेको भन्दै समितिले संकटा क्लबलाई १० हजार जरिवाना गरेको हो । गोलकिपरको जर्सीलाई लिएर भएको विवादले खेलको सुरुवात २६ मिनेट ढिलो गरी सुरु भएको थियो ।

सोही खेलको दोस्रो हाफ दुई मिनेट ढिलो गरेको भन्दै समितिले एपीएफ फुटबल क्लबलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । एपीएफ क्लबका अधिकारी जिवेश पाण्डे पिचमा प्रवेश गरेपछि खेल ढिलो सुरु भएको थियो ।

यस्तै समितिले अप्रिल १९ (म्याच ६७) मा मछिन्द्र पुटबल क्लब विरुद्धको खेल फोर्थ अफिसिलय ज्ञानबहादुर मोक्तानलाई हातपात गरेकोमा एपीएफका पदाधिकारी पाण्डेलाई पनि ८ खेलको निलम्बन र १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

पाण्डेले खेलपछि फोर्थ अफिसियललाई हातपात गरेका थिए र फिफा डिसिप्लिन कोड च्याप्टर (२), दफा (१एल) शारीरिक बमोजिम कारबाही गरिएको एन्फाले जनाएको छ ।

समितिले गत अप्रिल ११ मा मच्छिन्द्र फुटबल क्लबसँगको खेलपछि ड्रेसिङ रुममा रहेका कुर्सी तोडफोड गरेको भन्दै एफसी खुमलटारलाई १० हजार जरिवाना समेत गरेको छ ।

च्यासल रंगशालामा भएको खेलमा खुमलटार डिफेन्डिङ च्याम्पियनसँग ७–३ ले पराजित भएको थियो ।

अप्रिल १५ (म्याच ५८) मा न्युरोड टिमसँगको खेलपछि रेफ्रीमाथि आक्रमण गर्ने प्रयास गरेको आरोपमा मछिन्द्रलाई पनि १० हजार जरिवाना पनि गरिएको छ । एनआरटीसँगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय