+
+

लण्डनमा ‘जारी’ प्रिमियर : दयाहाङ र मिरुनाको फिल्म हेर्न उर्लियो डायस्पोरा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १७:१२

काठमाडौं । नेपाली हलमा दबदबा कायम राखिरहेको नेपाली फिल्म ‘जारी’को पहिलो अन्तर्राष्ट्रिय प्रिमियर बेलायतमा गरिएको छ । एल्डरसटस्थित प्रिन्सेस सिनेमाज् हलमा आइतबार बेलुका आयोजित भव्य प्रिमियरमा निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर उपस्थित रहे ।

प्रिमियरमा बेलायतस्थित नेपाली समुदायको बाक्लो उपस्थिति थियो । प्रिमियरमा लिम्बू पहिरनमै मिरुना उपस्थित थिइन् । च्याब्रुङ बजाएर समारोहमा कलाकारलाई स्वागत गरिएको थियो ।

‘मान्छेको उत्पत्ति अफ्रिकाबाट भएको भन्छौं । लिम्बूहरु पूर्वी नेपाल र गुरुङ मगरहरु पोखरा आसपासमा पुगे । जहाँ पुग्छन् त्यहाँको संस्कृतिको कथा हो जारी,’ निर्देशक सुब्बाले प्रिमियरअघि भने ।

प्रिमियरमा दयाहाङको नायकीय स्वागत गरियो । बेलायतस्थित लाहुरे समुदायले दयाहाङलाई न्यानो स्वागत गरे । ‘हामी फिल्म बनाइरहन्छौं र उहाँहरुले हामीलाई नेपालदेखि यहाँ बोलाउनुहुन्छ,’ दयाहाङले भने । प्रिमियरमा बेलायतस्थित गैरआवासीय नेपालीहरु, ‘कबड्डी ४’ फेम्ड अभिनेत्री गौमाया गुरुङ पनि उपस्थित थिए । मिरुनाकी आमा शशी सुब्बाले छोरीको मेहनत देखेर हर्षित भएको सुनाइन् । नेपाली मात्र होइन प्रिमियरमा बेलायती दर्शकले पनि सहभागिता जनाए ।

रामबाबु गुरुङले निर्माण गरेको यो फिल्म अमेरिका र अष्ट्रेलियामा चाहिं नेपालसँगै रिलिज भएको हो । फिल्मले मध्यपूर्वमा समेत आक्रामक कमाइ गरिरहेको वितरक रमेश ढकालले बताएका छन् । यसबाहेक हङकङ र युरोपमा पनि फिल्मको कमाइ राम्रो देखिएको निर्माता गुरुङले जानकारी दिए ।

‘जारी’ नेपालमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । दोस्रो सातामा पनि यसको कमाइ सलमान खान स्टारर बलिउड फिल्म ‘किसीका भाइ किसीकी जान’भन्दा कमाइमा अगाडि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?