११ वैशाख, काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण गरेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराएका थिए । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेनन्।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । पाइलटले इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका थिए । केहिवेर आकासमै होल्ड गरे पाइलटले उडानलाई निरन्तरता दिएका छन् ।
A flydubai spokesperson: flydubai flight FZ 576 from Kathmandu Airport (KTM) to Dubai International (DXB) experienced a bird strike during takeoff from Kathmandu.
After following standard procedure the flight will continue as normal to Dubai and is scheduled to land in DXB at…— Dubai Media Office (@DXBMediaOffice) April 24, 2023
‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन्’, एक अधिकारीले अनलाइनखबरलाई भने, ‘पाइलटले वी विल कन्टिन्यू भनेका छन् ।’
दूबई सरकारको मिडिया कार्यालयले ट्वीट गर्दै विमानले सामान्य अवस्थामा उडान गरिरहेको बताएको छ ।
प्रतिक्रिया 4