+
+

चीनमा तयार गर्दै सिक्स जी इन्टरनेट, एक सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने

एजेन्सी एजेन्सी
२०८० वैशाख १२ गते ७:५३

इन्टरनेटको दुनियाँमा विश्वका विभिन्न विकसित तथा शक्तिशाली मुलुकहरुमा फाइभ जी इन्टरनेट व्यवसायिक रुपमा सुरु भैसकेको छ । यसपछि विश्वका सम्पन्नशाली देशहरुको ध्यान चाहिँ त्यसभन्दा नयाँ पुस्ताको वायरलेस नेटवर्क अर्थात् सिक्स जी नेटवर्कमा केन्द्रित भएको छ ।

यद्यपि फाइभ जी इन्टरनेट पनि निकै तीव्र गतिको इन्टरनेट हो र यसको स्पीड फोर जी को तुलनामा २० प्रतिशत धेरै हुन्छ । तर सिक्स जी इन्टरनेटले यी सबै पुराना रेकर्ड भंग गर्नेछ, स्पीडको मामिलामा ।

सिक्स सी वायरलेस इन्टरनेटबाट स्पीड, लेटेन्सी, स्पेक्ट्रम, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्योरिटी तथा ऊर्जा दक्षता जस्ता क्षेत्रहरु अझै अत्याधुनिक हुने विश्वास गरिएको छ ।

यद्यपि तेस्रो विश्वका अधिकांस मुलुकहरु अहिलेपनि फाइभ जी नेटवर्कका लागि संघर्ष गरिरहनुपरेको छ । यस्तो अवस्थामा चीनले चाहीँ सिक्स जी इन्टरनेटको सुरुवात गर्नमा काम गरिरहेको बताइएको छ ।

पछिल्लो रिपोर्ट अनुसार चीनले अल्ट्राफास्ट वायरलेस इन्टरनेटको रुपमा रहेको सिक्स जी को परीक्षण पनि गरिरहेको छ । सिक्स जी इन्टरनेटको डाउनलोड स्पीड १०० जिबिपिएस हुने बताइएको छ । अर्थात् यो फाइभ जी को तुलनामा कैयन् गुणा तेज हुनेछ ।

चीनको सफलताबाट अमेरिका चिन्तित

सिक्स जीका लागि विश्वका शक्तिशाली मुलुकहरुबीच दौड तीव्र बनिरहेको छ र अमेरिका आफू चीनभन्दा पछि पर्ने कुराले चिन्तित छ । गत शुक्रबार ह्वाइट हाउसले आगामी पुस्ताको वायरलेस इन्टरनेटका विषयमा चर्चा गर्नका लागि यस उद्योगका नेतृत्वहरुसँग छलफल गरेको थियो । अन्य देशहरु सिक्स जी कनेक्टिभिटीको मापदण्डमा अगाडि हुने डर अमेरिकालाई छ । खासमा अमेरिकाको चिन्ता चीनप्रति लक्षित छ ।

चाइना एरोस्पेस साइन्स एण्ड इन्डस्ट्रीको दोस्रो एकेडेमीका २५ वटा संस्थाहरुले पहिलोपटक टेराहर्ज आवृत्ति तहमा सफलतापूर्वक वायरलेस सञ्चार गरेको जनाएका छन् । उक्त परीक्षणबाट १०० गिगाबाइट प्रति सेकेण्डको गति प्राप्त भएको थियो । अर्थात् यो अमेरिकाको १ गिगाबाइट प्रतिसेकेण्ड चल्ने फाइभ जी नेटवर्कभन्दा सय गुणा तेज छ ।

स्मरण रहोस् अमेरिकी सरकारले सिक्स जी इन्टरनेटको अनुसन्धानका लागि १ अर्ब डलर बजेट छुट्टाएको छ । तर सो रकम चीनलाई उछिन्नका लागि पर्याप्त हुने वा नहुने प्रष्ट छैन ।

सिक्स जी मा प्रयोग हुने प्रविधि

सिक्स जी प्रविधिले टेराहर्ज आवृत्तिको उपयोग गर्दछ । यसले फाइभ जीका लागि मिलिमिटर वेब ब्याण्डकै जस्तै सिग्नल दूरी तथा क्लाउडमा चुनौती सिर्जना गर्दछ । यद्यपि टेराहर्जको पद्धतिले वायरलेस सञ्चारको प्रसारण फाइबरबाट गरिने प्रशारण जत्तिकै तीव्र तथा भरपर्दो हुनेछ । यद्यपि सन् २०३० सम्ममा सिक्स जी इन्टरनेट लञ्च हुने कम सम्भावना रहेको बताइन्छ । सिक्स जी इन्टरनेट आएसँगै मनोरञ्जन, अटोमोबाइल तथा स्वास्थ्यसेवा उद्योग अविश्वसनीय नयाँ सेवाहरुलाई जन्म दिनसक्नेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?