
१२ वैशाख, काठमाडौं । बारा क्षेत्रनम्बर-२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १० हजार मत कटाएका छन् ।
यादवले ११ हजार ४३५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई जनमतका शिवचन्द्र कुशवाहाले ७४६३ मतका साथ पछ्याएका छन् ।
तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ४२१५ मत ल्याएका छन् भने रास्वपाका रमेशप्रसाद खरेल १८७० मतका साथ चौथो स्थानमा छन् ।
यस क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4