+
+

पुरानो बसपार्कको प्रहरी बिट हटाउँदै काठमाडौं महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १२:०४

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा रहेको प्रहरी बिट हटाउन सुरु गरेको छ । महानगरले काठमाडौंको भ्यूटावर नजिक  पुरानो बसपार्कमा रहेको सडकपेटीको प्रहरी बिट हटाउन लागेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

‘सडक पेटीमा रहेको प्रहरी विट हटाउने महानगरपालिकाको योजना अनुरुप हटाउन थालेका हौैं, यहाँ मात्रै होइन, सबै ठाउँको सडकपेटीको बिट हटाउँछौं,’ पाण्डेले अनलाइनखबरसँग भने ।

काठमाडौं महानगरपालिकाले उक्त विटमा रहने प्रहरीहरुलाई काठमाडौं महानगरपालिकाको २८ नम्बर वडा कार्यालय परिसरमा अस्थायी रुपमा व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?