+
+

रविलाई मंसिरको भन्दा धेरै मत

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १२:०७
रविलाई बधाई दिँदै एमाले उम्मेदवार रामप्रसाद न्यौपाने ।

१२ वैशाख, चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि रास्वपा अध्यक्ष रवि लामिछानेले पाएको मत भने बढेको छ ।

जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार मत कटाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । मंसिरमा उनले ४९ हजार ३०० मत पाएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गत मंसिरमा ६७.६३ पहिला खसेकोमा यसपटक भने ६२.७७ प्रतिशत मत खसेको थियो । चितवन २ को उपचुनावमा कुल १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको थियो ।

जसमध्ये ७० हजार २३९ मत गनिसक्दा लामिछानेले ५० हजार ७९ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६५ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?