+
+

ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १२:५७

१२ वैशाख, काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।

सभामुख घिमिरेको सचिवालयका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘श्रेष्ठको पद रिक्त हुने निर्णय सभामुखको तर्फबाट भएको छ । सोही जानकारी संसदलाई गराउने तय भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?