+
+

बीटीएस स्टार जस्तो देखिन १२ पटक अनुहार सर्जरी गरेका क्यानडेली अभिनेताको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १६:५७

काठमाडौं । लोकप्रिय के-पप स्टार जिमिनसँग मिल्दोजुल्दो देखिन १२ पटकभन्दा बढी प्लास्टिक सर्जरी गरेका क्यानडेली अभिनेता सेन्ट भोन कोलुचीको दक्षिण कोरियामा निधन भएको छ ।

केही महिनादेखि उनले कस्मेटिक प्रक्रियाका जटिलता भोगिरहेका थिए । उनको उमेर २२ वर्ष थियो । उनका प्रवक्ता एरिक ब्लेकले डेलीमेलसँग कुरा गर्दै १२ पटक प्लास्टिक सर्जरीमा दुई लाख २० हजार अमेरिकी डलर खर्च गरेको जानकारी दिए । यसो गर्दा अमेरिकी स्ट्रिमिङ नेटवर्कमा के–पप स्टारजस्तै देखिन सक्ने उनको बुझाइ थियो । गत शनिबार रातिदेखि उनले गत नोभेम्बरमा गरिएको सर्जरी हटाउन पुनः थालेका थिए ।

शल्यक्रिया जोखिमपूर्ण हुने थाहा हुँदाहुँदै पनि कोलुची रोकिएनन् । जसले गर्दा उनमा संक्रमण भयो । शल्यक्रियाको केही घण्टामै उनको निधन भयो । ब्लेकले थप बताएअनुसार भोन कोलुची संगीत उद्योगमा प्रवेश गर्न सन् २०१९ मा क्यानडाबाट दक्षिण कोरिया पुगे । उनी दक्षिण कोरियाका तीन ठूला मनोरञ्जन कम्पनीमध्ये एउटामा प्रशिक्षार्थीको रूपमा काम गरिरहेका थिए ।

मार्च २०२२ मा युवा अभिनेतासँग काम गर्न थालेका ब्लेक भन्छन्, ‘यो धेरै दुःखद् र धेरै दुर्भाग्यपूर्ण छ ।’ उनी आफ्नो लुक्सको बारेमा धेरै असुरक्षित थिए । उनको धेरै वर्गाकार अनुहारको आकार र चिउँडो थियो, जुन उनलाई मन पर्दैनथ्यो । गत वर्ष उनको कन्सिरीको ठूलो शल्यक्रिया गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?