+
+

प्रदेश र स्थानीय तहका कर्मचारी खटाइएका ठाउँमा एक वर्ष बस्नैपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १८:३६

१२ वैशाख, काठमाडौं । संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा खटाइएका कर्मचारीले कम्तीमा पनि एक वर्ष खटाइएकै स्थानमा रहेर काम गर्नुपर्ने भएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिले प्रदेश र स्थानीय तहमा जनशक्ती नभएको भन्दै एक वर्ष खटाइएकै स्थानमा बसेर अनिवार्य काम गर्नुपर्ने निर्णय गरेको हो ।

समितिको ५० औं बैठकले पर्याप्त जनशक्ती प्रदेश र स्थानीय तहमा नहुँदा काम गर्न कठिनाइ भएकोले संघबाट खटिएका कर्मचारीलाई कम्तीमा एक वर्ष खटाइएकै स्थानमा रहनुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

निर्णय अनुसार कर्मचारी व्यवस्थापनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?