+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्छ : प्रमिला कुमारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १३ गते १५:३५

१३ वैशाख, काठमाडौं। राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छिन् । बुधवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘दिनानुदिन भ्रष्टाचार बढीरहेको अवस्थामा सरकारले आवश्यक आर्थिक रणनीति अपनाउनुको साथै विचौलिया, भ्रष्टाचारी, दलाललाई पृष्ठपोषण दिने संस्थालाई पनि भत्काउनु जरुरी छ। हाम्रो व्यापार घाटा बढिरहेको अवस्था, नेपालको वैदेशिक मुद्राको सञ्चिति तीव्र गतिले घटिरहेको हुँदा ऋण लिनुपर्दा अत्याधिक व्याज तिर्नुपर्ने अवस्था, उद्योग, धन्दा बन्द हुन लागेको अवस्थामा, श्रीलंकाजस्तो आर्थिक संकट नआउला भन्न नसकिने अवस्थामा हाम्रो गम्भिर ध्यान आकर्षण भएकाले यसलाई नेपाल सरकारले गम्भिरतापूर्वक लिनु अति आवश्यक छ ।’

उनले सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धनलगायतका विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताइन् । उनले देशमा दिनानुदिन भ्रष्टाचार बढीरहेको भन्दै विचौलिया, भ्रष्टाचारी र दलाललाई पृष्ठपोषण दिने संस्था भत्काउनु जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी छ । न्युन बजेट विनियोजन भएकै कारण प्रदेश र स्थानीय तहको आर्थिक विकास हुन सकेको छैन । आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना तर्जुमा गर्न, सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायत विलासिता सम्बन्धि वस्तु आयातको परिणाममा कटौती गरी अल्पकालिन र मध्यकालिन, दीर्घकालिन नीति र योजना निर्माणगरी प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु ।’

उनले प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी रहेको उल्लेख गरिन् । उनले न्युन बजेट विनियोजनका कारण प्रदेश र स्थानीय तहको आर्थिक विकास हुन नसकेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?