+
+

ट्वीटरमा डाइरेक्ट म्यासेज कसरी पिन गर्ने ?

एजेन्सी एजेन्सी
२०८० वैशाख १४ गते ७:३९

ट्वीटरमा कसैसँग निजी वा गोप्य कुराकानी गर्नका लागि Direct Messages फिचर उपयोगी हुन्छ ।

ट्वीटरमा आफैंले  Direct Messages मा निजी कुराकानी सुरु गर्न सकिन्छ वा आफूलाई फलो गर्ने जोसुकैसँग कुरकानी गर्नका लागि ग्रुप पनि बनाउन सकिन्छ ।

साथै यदि तपाईंले ट्वीटरको सेटिंग्समा फलो नगरेको जो कोहीबाट पनि डिएम प्राप्त गर्नेगरी सेट गर्नुभएको छ वा कसैलाई तपाईंले यसअघि डाइरेक्ट म्यासेज पठाउनुभएको छ भने पनि त्यस्ता प्रयोगकर्ताले तपाईंलाई डिएम गर्न सक्दछन् ।

Direct Messages मा गरिने कतिपय संवादहरू नितान्त निजी हुन्छन् भने कतिपय चाहिं निकै महत्वपूर्ण हुन्छन् जसलाई तपाईंले पिन गर्न सक्नुहुन्छ ।

यसबाट तपाईंले ट्वीटरको डिएम इनबक्सको सबैभन्दा माथि उक्त महत्वपूर्ण संवाद पिन गर्न सक्नुहुन्छ सधैं देखिने र खोज्नै नपर्ने गरी । तपाईंले ट्वीटरको डिएमका अधिकतम ६ वटासम्म म्यासेज पिन गर्न सक्नुहुन्छ । ट्वीटरमा डाइरेक्ट म्यासेजलाई पिन गर्नका लागि तलको तरिका अपनाउनुपर्दछ :

  • ट्वीटर खोल्नुहोस् र Direct Message inbox मा जानुहोस्
  • त्यसपछि डिएम इनबक्सको माथि पिन गर्न चाहेको च्याटमा जानुहोस्
  • त्यहाँ रहेको More आइकनमा ट्याप वा क्लिक गर्नुहोस्
  • अन्तिममा Pin Conversation छान्नुहोस्

यति गरेसँगै पिन भएका म्यासेजहरू इनबक्सको माथिल्लो भागमा देखा पर्दछन् । तपाईंले पिन गरेका एकभन्दा धेरै म्यासेजहरू भएमा पिन गरेको आधारमा लहरै बस्दछन् ।

अनपिन कसरी गर्ने ?

पिन गरिएको म्यासेजलाई अनपिन गर्नका लागि Pinned Conversations list मा गएर More आइकनमा थिच्नुहोस् र unpin गर्नुहोस ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?