+
+

ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु, बुवा–आमा घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते ८:४८

१४ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । दोर्चीका बुवा र आमा घाइते छन् ।

गएराति करिब नौ बजेतिर घरमा खाना खाइरहेको बेला उनीहरुलाई चट्याङ लागेको थियो । तिनै जनालाई गाउँपालिकाको एम्बुलेन्समा राखेर उपचारका लागि जिल्ला सदरमुकाम पठाइएकोमा ११ वर्षीय दोर्चीलाई चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष फुर्बा शेर्पाले जानकारी दिए ।

उनका अनुसार चट्याङले घरमा जडान गरिएको बिजुलीको मिटर बक्स, वायरिङ गरिएका तार, ढुंगा माटोले बनेको घरको भित्ता र सुधारिएको चुल्होसमेत क्षति पुगेको छ ।

‘घरको मुल खम्बामा स्वीच रहेछ । त्यही मुनि छोरा रहेछ, उसैलाई बढी असर परेर बित्यो,’ वडा अध्यक्ष शेर्पाले भने । उनका आमा र बुवाको भने जिल्ला अस्पतालमै उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?