+
+

पोर्चुगल पठाइदिन्छु भनेर अजरवैजानमा अलपत्र, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १३:२३

१४ वैशाख, काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनेर १३ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टिकापुर नगरपालिका घर भई ललितपुरको टीकाथली बस्ने कृतकबहादुर साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यहाँ पुगेपछि मासिक २ लाख रुपैयाँ तलब हुने प्रलोभन दिएर पीडितबाट १३ लाख ९२ हजार लिएको पाइएको कार्यालयका सूचना अधिकारी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

साउदले पोर्चुगल पठाइदिन्छु भनी अजरबैजानसम्म पुर्‍याएर अलपत्र पारी फरार भएको र खोजी गर्दा बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग वुद्धनगरमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?