+
+

राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाब उपयुक्त होइन : पूर्वगभर्नर भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १७:२८

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंकमाथि ब्याजदर घटाउन परेको दबाबलाई उपयुक्त नभएको बताएका छन् । राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उद्योगी व्यवसायीको प्रवृत्ति निर्माण व्यवसायीको जस्तै भएको भन्दै उनले चालु पूँजी कर्जा प्रयोजन अनुसार खर्च हुनुपर्ने बताए ।

‘एउटा प्रयJजनका लागि लिएको कर्जा अन्यत्र खर्च गर्ने प्रवृत्ति गलत हो । चालुपूँजी कर्जा मार्गदर्शन कार्यान्वयन गर्नुपर्छ’ उनले भने ।

बैंक सर्वसाधारणको निक्षेपको कस्टोडियम भएको भन्दै उनले ऋण नतिर्ने र बैंकका कर्मचारीमाथि आक्रमण गर्ने प्रवृत्तिले बैकको निष्कृय कर्जा बढेको बताए । लघुवित्त, बचत तथा ऋण सहकारीमा समस्या रहेको उनको भनाइ छ ।

वार्षिकोत्सव अवसरमा राष्ट्र बैंकले पूर्वगभर्नर भट्टराईलाई सम्मान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?