+
+

९५ प्रतिशतले घट्यो सामसुङको मुनाफा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते ८:४०

काठमाडौं । प्रविधि उपकरणहरुको गिर्दो मागसँगै सामसुङ कम्पनीले चिप व्यवसायले पनि कीर्तिमानी क्षति व्यहोरेको छ ।

आर्थिक मन्दीका साथै उपभोक्ताहरुको खर्च गर्ने दरमा आएको कमीका कारण यो वर्ष सन् २०२३ को पहिलो त्रैमासिकमा विश्व बजारमा सेमिकन्डक्टरको मूल्यमा गिरावट आउनुका साथै बिक्रीमा पनि उल्लेख्य कमी आएको हो ।

दोस्रो त्रैमासिकबाट बजारमा विस्तारै सुधार आउने र विश्वव्यापी मागमा बढोत्तरी हुने अपेक्षासँगै सामसुङले अब आफ्नो चिप बिजनेसलाई उच्च क्षमतायुक्त सर्भर र मोबाइल प्रडक्टमा केन्द्रित गर्ने जनाएको छ ।

यद्यपि मुख्य डाटा सेन्टर कम्पनीहरुले सर्भरहरुमा परम्परागत रुपमा लगानी गरेका कारण यो त्रैमासिकमा पनि मेमोरी चिपको व्यापारमा हल्कामात्रै सुधार आउने सामसुङको अनुमान छ ।

विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनी सामसुङले जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा ६४० अर्ब कोरियन वन अर्थात् ४७ करोड ८६ लाख डलर सञ्चालन मुनाफा गर्न सफल भएको छ । यो भनेको गतवर्ष सन् २०२२ को पहिलो त्रैमासिकको तुलनामा ९५ प्रतिशत कम हो । उक्त अवधिमा सामसुङले १४.१२ ट्रिलियन कोरियन वन मुनाफा गरेको थियो ।

यो वर्षको पहिलो त्रैमासिकमा उक्त मुनाफा पछिल्लो १४ वर्षकै सबैभन्दा कम भएको बताइएको छ । त्यस्तै यो त्रैमासिकमा कूल आम्दानीमा पनि १८ प्रतिशतले गिरावट आउँदै ६३.७ ट्रिलियन कोरियन वनमा सीमित भएको छ ।

सामसुङको सबैभन्दा भरपर्दो आमदानीको श्रोतको रुपमा रहेको चिप डिभिजनले कूल ४.५८ ट्रिलियन डलर नोक्सान बेहोरेको छ । जबकि गत वर्ष सोही अवधिका यसले ८.४५ ट्रिलियन कोरियन वन नाफा गरेको थियो ।

विश्वमा मूल्यवृद्धिका कारण उपभोक्ताहरुको क्रयशक्तिमा असर परेको र त्यसका कारण स्मार्टफोन, पिसी तथा सर्भर कम्पनीहरुले प्रडक्टहरुको उत्पादन र आपूर्तिमा कटौती गर्दा चिपको मूल्यमा पनि पछिल्लो ९ महिनामा ७० प्रतिशतले गिरावट आएको  छ ।

सामसुङले यो महिनाको सुरुमा निकै दुर्लभ निर्णय गर्दै चिप उत्पादनमा कटौती गर्ने घोषणा गरेको थियो ।

उत्पादन कटौतीले चिपको मूल्यमा वृद्धि हुने भए पनि चिप प्रयोग हुने डिभाइसहरुको मागमा उल्लेख्य वृद्धि नभएसम्म दोस्रो त्रैमासिकमा समेत सामसुङको मुनाफा पहिलो त्रैमासिककै जस्तो रहनेछ ।

कम्पनीले कीर्तिमानी घाटा व्यहोरे तापनि पहिलो त्रैमासिकमा १०.७ ट्रिलियन वन पुँजीगत खर्च गरिएको र त्यो कम्पनीको इतिहासमै पहिलो त्रैमासिकमा गरिएको सबैभन्दा ठूलो पुँजीगत खर्च रहेको सामसुङले जनाएको छ ।

त्यसमध्ये ९.८ ट्रिलियन डलर चिप्स निर्माणमा खर्च गरिएको छ । सामसुङले टेलर, टेक्सास र दक्षिण कोरियास्थित प्योंगटेकमा चिप्स उत्पादन गर्दछ ।

त्यस्तै पहिलो त्रैमासिकमा सामसुङको मोबाइल व्यवसायले भने ३.९४ ट्रिलियन डलर मुनाफा गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनमा केही बढी हो । सन् २०२२ को पहिलो त्रैमासिकमा सामसुङले मोबाइल बिजनेसबाट ३.८२ ट्रिलियन डलर मुनाफा कमााएको थियो ।

– सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?