+
+

मिस नेपालका प्रतियोगीहरुले गरे डाबर नेपाल नर्सरीको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १३:२६

काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिस्पर्धामा रहेका २४ प्रतियोगीहरुले बनेपास्थित डाबर नेपाल नर्सरीको अवलोकन भ्रमण गरेका छन् । भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समस्या एवम् उक्त समस्या सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारेमा जानकारी लिएका थिए । सहभागीहरुले विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेका थिए । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएका र यी जडिबुटी डाबरका विभित्र उत्पादनहरुमा पनि प्रयोग गर्दै आएका छन् ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवाहरुलाई परिचय गराउन पाएकोमा खुसी लागेको बताए । डाबरले आयुर्वेदको क्षेत्रमा एक शताब्दीभन्दा बढी काम गरिसकेको र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्य र ब्राण्डहरुको उत्पादन र बजारीकरण गर्दै आएकोबारे सहभागीहरुलाई गोर्खालीले जानकारी गराएका थिए ।

‘आजका युवाहरु भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ की प्रतियोगीहरुलाई यस प्रकारको एक्सपोजरबाट उनीहरुले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुने छन्’ गोर्खालीले भने ।

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको सँरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए ।

राणाका अनुसार डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ । जसले नेपालको २४ वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गर्दछ र ५० वटा सहकारी मार्फत जडीबुटी खेती गरी किसानहरुको जिविकोपार्जनलाई वैकल्पिक स्रोतको रुपान्तरण दिएको छ ।

उपभोक्ताहरुलाई उत्कृष्ट प्राकृतिक हेयरकेयर को सोलुषण उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले २०२२ मा डाबर वाटिका नेचुरल्स स्याम्पु बजारमा ल्याएको थियो । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो । डाबर वाटिका मिस नेपाल २०२३ को ग्राण्ड फिनाले मे २७, २०२३ मा गोदावरी स्थित सनराइज अडिटोरियममा आयोजना हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?