१५ वैशाख, काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटमा नेपालले जोर्डनमाथि शानदार जित हात पारेको छ ।
समूह चरणको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली जोर्डनलाई ४-१ ले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने संभावना कायम राखेको छ ।
तर नेपाललाई अघिल्लो चरणमा पुग्न अब हुने खेल जोर्डनले जित्नु पर्छ । त्यो खेल बराबरी भएमा वा इरानले जितेमा नेपाल अघिल्लो चरण पुग्ने छैन ।
यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो ।
पहिलो चरणको छनोटमा सहभागि टिमलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता मात्र छनोटको दोश्रो चरणमा प्रवेश गर्नेछ ।
जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू-१७ महिला एसियन कपमा स्थान बनाउनेछ ।
आयोजक इन्डोनेसियासँगै २०१९ मा भएको प्रतियोगिताको विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीन भने सिधै छनोट भइसकेका छन् ।
 
                    










 २०८० वैशाख  १५ गते २०:५७
                        २०८० वैशाख  १५ गते २०:५७                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4