+
+

बार्सिलोनाको सहज जितमा यामलको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते ६:३०

काठमाडौं । १५ वर्षीय लामिन यामाल बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । र, शनिबार राति भएको स्पानिस ला लिगाको यसै खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-० ले पराजित गरेको छ ।

यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ११ अंकको अग्रता कायम नै राखेको छ । त्यसअघि करिम बेन्जेमाको ह्याट्रिकमा रियलले अल्मेरियालाई ४-२ ले पराजित गरेको थियो ।

बार्सा एकेडेमी प्रडक्ट यामाल ८४औं मिनेटमा गावीको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । उनले १५ वर्ष २९० दिनको हुँदा बार्सिलोनाका लागि खेल्दै कीर्तिमान बनाए । यसअघि बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरको कीर्तिमान अंशु फातीको नाममा थियो ।

यस्तै यामाल ला लिगामा डेब्यु गर्ने पाँचौ कम उमेरका खेलाडी बने । ला लिगा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी भने लुका रोमेरो हन् । उनले १५ वर्ष २१९ दिनको हुँदा २०२० मा रियल मड्रिडविरुद्ध डेब्यु गरेका थिए ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं, रोबर्ट लेवान्डोस्कीले ३६औं र राफिन्हाले ३९औं मिनेटमा गोल गरे ।

बेटिसका गुइडो रोड्रिगेजले ८२औं मिनेटमा आत्मघाती गोल उपहार दिए । बेटिसका एडगर गोन्जालेज ३३औं मिनेटमा रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।

जितपछि बार्सिलोनाको ८२ खेलबाट ७९ अंक छ । अब लिगमा ६ चरणको खेल बाँकी हुँदा बार्सिलोनाले ३ खेल जितेमा उपाधि जित्नेछ ।

बेन्जेमाको ह्याट्रिक

करिम बेन्जेमाको ह्याट्रिक मदतमा रियल मड्रिडले अल्मेरियालाई ४-२ ले हरायो ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बेन्जेमा पहिलो हाफमै ह्याट्रिक गरेका थिए । र, खेलको पाँचौ मिनेटमै गोलको खाता खोलेका बेन्जेमाले १७औं मिनेटमा अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । रोड्रिगोले ४७औं मिनेटमा एक गोल थपे ।

अल्मेरियाका लागि भिनिसियस मार्कुएसले पहिलो हाफको इन्जुरी टाइममा र लुकास रोबर्टोनले ६१औं मिनेटमा गोल गरे ।
जितपछि दोस्रो स्थानको रियलको ३२ खेलबाट ६६ अंक छ ।

रियल लिग लिडर बार्सिलोनाभन्दा ११ अंकले पछि छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?