+
+
Shares

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा रविले भेटे प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १०:०१

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित भएकोमा लामिछानेलाई बधाइ दिएको उनको सचिवालयले जनाएको छ । प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘निर्वाचित भएलगत्तै टेलिफोनबाट बधाई दिनुभएको थियो, आज भेटेरै बधाई दिनुभयो ।’

रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला बस्न लागेको रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बिहान ११ बजे बस्दै छ । बैठकमा समसामयिक एजेण्डामा छलफल हुने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?