+
+

‘प्रसाद २’ र ‘नाइँ नभन्नु ल ६’ ले पहिलो सप्ताहन्त कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १३:२८

काठमाडौं । ‘जारी’ले घरेलु बक्स अफिसमा अहिलेसम्म १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दा शुक्रबारदेखि प्रदर्शनमा आएका तीनै फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) कमजोर ओपनिङ गरेका छन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांक हेर्दा नाइँ नभन्नु ल ६, प्रसाद २ र कैदीको पत्रले अपेक्षाभन्दा कम कमाइ गरेका हुन् ।

ब्राण्ड भ्यालु बोकेको ‘नाइँ नभन्नु ल ६’ को दुईदिने कमाइ १५ लाख रुपैयाँ हाराहारी रहेको बोर्डको बक्स अफिस तथ्यांकमा देखिन्छ । यो कमाइ ‘नाइँ नभन्नु ल’ सिरिजकै सबैभन्दा न्यून ओपनिङ हो । कमजोर वर्ड अफ माउथको प्रभाव फिल्मको ओपनिङमा स्पष्ट देखिएको छ ।

सकारात्मक समीक्षा प्राप्त गरेको ‘प्रसाद २’ को दुईदिने कमाइ ३० लाख रुपैयाँ हाराहारीमा छ । शुक्रबार १७ लाखको ओपनिङ गरेको यो फिल्मले शनिबार शुक्रबारभन्दा कम १३ लाखको कमाइ गरेको बोर्डको तथ्यांकमा देखिन्छ । तर सुदर्शन थापा निर्देशित यो फिल्मको समीक्षा सकारात्मक छ । फिल्मले वर्ड अफ माउथको मद्दतमा पिकअप लिने देखिन्छ तर लगातारको झरीको कारण ‘प्रसाद २’ को कमाइमा असर पुगेको देखिन्छ ।

शनिबार अपरान्हपछि लगातार वर्षा हुँदा ‘प्रसाद २’को शो प्रभावित भएको देखिन्छ । शुक्रबार रिलिज भएको अर्को नेपाली फिल्म ‘कैदीको पत्र’लाई आइतबारदेखि हलहरुले उतारेका छन् । यो फिल्मको पहिलो सप्ताहन्तको कमाइ एक लाख रुपैयाँ भन्दा कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?