+
+

‘अरुणमा पानीको निकास भइरहेको छ, मानव बस्तीमा जोखिम छैन’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १४:४२

१७ वैशाख, विराटनगर । संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङमा पहिरो खस्दा पानी रोकिए पनि जोखिम नरहेको प्रहरीले जनाएको छ ।

पहिरो गएपनि पानी निकास भइरहेका कारण बस्तीहरुमा जोखिम नभएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । ‘टनेल साइटको पहिरोले पानी थुनिएको हो, दायाँ–बायाँबाट निकास भइरहेको जानकारी आएको छ’, उनले भने, ‘ मानव बस्तीमा पानीको जोखिम छैन ।’

निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल संखुवासभाको फाक्सिन्दामा आइतबार बिहान सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको हो । पहिरोले निर्माणधीन अरुण तेस्रो आयोजनाको संरचनामा पनि क्षति पुगेको छ । पहिरोले ४२९ मिटर लामो डाइर्भसन टनेलको निकास विन्दुमा निर्माण भएको संरचनामा क्षति पुगेको छ ।

पहिरोले थुपारेको माटो एकैपटक बग्न सक्ने भएकालेर प्रहरीले अरुण नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?