+
+

नेपालमा ६ वर्षमा २४३ विदेशी फिल्मको छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १७:५०
फाइल तस्वीर

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् ।

सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सरकारले सुटिङ हबको रुपमा विकास गर्ने बताएपनि सोहीअनुसार विदेशी फिल्मलाई आकर्षित गर्न प्रोत्साहन र सुविधाका कार्य हुन सकेका छैनन् । यद्यपि, छायांकन भइसकेका फिल्मको उक्त तथ्यांक आफैंमा खुसीको कुरा हो ।

नेपालमा छायांकन गर्नेमा भारत, अमेरिका र बेलायतका फिल्म बढी छन् । त्यसबाहेक आइसल्याण्ड, फ्रान्स, पोल्याण्ड, जर्मनी, जापान, नेदरल्याण्ड्स, डेनमार्क, स्वीडेन, दक्षिण अफ्रिकी फिल्म समेत नेपालमा खिचिएका छन् । पछिल्लो वर्षमा नेपालमा छायांकन गरिएका ठूला फिल्महरुमा हलिउडको डक्टर स्ट्रेन्ज, एभरेस्ट थ्रीडी, बलिउडको उचाइ हुन् । लियान नीसन स्टारर चर्चित हलिउड फिल्म ‘आइसरोड’को दोस्रो श्रृंखला नेपालमा छायांकन गर्ने तयारी छ ।

विदेशी फिल्मको नेपाल व्यवस्थापन हेर्ने लाइन-प्रोड्युसरहरुका अनुसार आगामी दिनमा नेपालमा छायांकन हुने फिल्मको संख्या अझै बढ्न सक्छ । त्यसमध्ये एक थ्री हिव्लर्स नेपालका सुरज आचार्यका अनुसार केही विदेशी फिल्महरु नेपालमा छायांकन गर्न आउने तयारीमा छन् । आर्थिक २०७८/७९ मा नेपालमा २६ विदेशी फिल्मको सुटिङ भएको थियो भने २०७६/७७ मा यो संख्या ५५ थियो ।

यतिबेला नेटफ्लिक्स फिल्म ‘फिफ’को छायांकन नेपालमा भइरहेको छ । यो फिल्मका लागि भारतबाट १३७ जनाको टोली नेपालमा छ ।

यी फिल्मको छायांकनबाट नेपालीले रोजगारी पनि पाउने गरेका छन् । फिफ फिल्मबाट दैनिक २०० जना नेपालीले रोजगारी पाएको तथ्यांक छ भने अमिताभ बच्चन र अनुपम खेर स्टारर बलिउड फिल्म उचाइले नेपालमा १८ करोड खर्च गरेको अनुमान छ ।

पछिल्लो ६ वर्षमा ४२ अमेरिकी, ३५ बेलायती, ३० जापानी, २५ भारतीयका धेरै फिल्मको छायांकन भएका छन् ।

तस्वीर सौजन्य : फिल्म इन नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?