
१७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जानेहरुलाई परिवर्त्य विदेशी मुद्रा सटहीमा सहजीकरण गरेको छ।
विदेशमा अध्ययन गर्न जानेले मन्त्रालयले तयार गरेको पोर्टलमा नो अब्जेक्सन लेटर आएपछि बैंकहरुले सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ ।
‘नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनु पर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
उक्त पोर्टल सञ्चालनमा आएपछि कार्यविधि अनुसार एनओसी एकिन गरी सटही सुविधा प्रदान गर्न अन्य कुनै बाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया 4