+
+

नुवाकोटका किसान घिमिरेले तोडे आमरण अनशन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते २०:०३

१६ वैशाख, काठमाडौं । सरकार र आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेबीच सहमति भएको छ ।

सहमतिपछि घिमिरेले अनशन तोडेका छन् । उनी अनशन बसिरहेको नयाँ सडकको भुगोलपार्कमा पुगेर कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर अनशन तोडाएका हुन् ।

नुवाकोटको ककनी गाउँपालिका– २, चित्रे घर भएका घिमिरेले विगत ४ वर्षदेखि कालिज र कुखुरापालन व्यवसाय गर्दै आएका छन् । कृषि पेशामा सोचेजस्तो सफलता हासिल गर्न नसकेका उनले यसको प्रमुख कारण रहेको बताउने गरेका छन् ।

उनले किसानलाई बैंक ब्याजदर ६ प्रतिशत मात्र तोक्नुपर्ने, मल, बीउ, कृषि औजारमा अनुदान दिनुपर्ने, कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत छुट्याउनुपर्ने, किसानलाई परियोजना धितोमा ५० लाख रुपैयाँसम्म १ प्रतिशत ब्याजदरमा ऋण दिनुपर्ने, कृषकको परिचयपत्र बनाई यातायात भाडामा ५० प्रतिशत छुट गर्नुपर्ने लगायतका माग राखेर ५ वैशाखदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशन सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?