+
+

पीएसजी घरेलु मैदानमा लोरिएन्टसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते ७:१६

१८ वैशाख, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन पीएसजी फेरी पराजित भएको छ । आइतबार राति भएको लिग खेलमा १० खेलाडीमा समेटिएको पीएसजी घरेलु मैदानमै लोरिएन्टसँग पराजित भयो ।

खेलको १५औं मिनेटमा एन्जो लि फीले गोल गर्दै लोरिएन्टलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा अच्रफ हाकिमीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । एक खेलाडी कम भएपछि किलिएन एमबाप्पेले २९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

तर ३९औं मिनेटमा डार्लिन योङ्गवाले गोल गर्दै लोरिएन्टलाई २-१ को अग्रता दिलाए । त्यसपछि ८८औं मिनेटमा बाम्बा डियाङले गोल गर्दै लोरिएन्टलाई ३-१ को जित दिलाए ।

यस सिजन लिगमा पीएसजीको यो छैटौं हार हो । पीएसजीभन्दा मार्से र लेन्सले कम खेल हारेको छ । मार्से ५ र लेन्स ५ खेलमा पराजित भएको छ ।

हारपछि पनि ३३ खेलबाट ७५ अंकसहित पीएसजी शीर्ष स्थानमा छ र उपाधि होडमा अगाडि छ । समान खेलबाट ७० अंकसहित मार्से दोस्रो स्थानमा छ । लोरिएन्ट ३३ खेलबाट ४८ अंकसहित दशौं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?