+
+

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १२:४२

१८ वैशाख, काठमडौं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको मूल्य भने आइतबारकै कायम गरिएको छ । जसअनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?