१९ वैशाख, काठमाडौं । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनल खेलिरहेका छन् ।
वर्षाले प्रभावित हुँदा सोमबार रोकिएको खेल आज बिहान ९ बजेदेखि सुरु भएको छ । टस हारेर ब्याटिङ गरेको यूएईले ३३.१ ओभरमै अलआउट हुँदै नेपाललाई ११८ रनको लक्ष्य दिएको छ ।
आज सार्वजनिक बिदा नभए पनि खेल हेर्न टीयू मैदानमा दर्शकको उल्लेख्य उपस्थित छ । सोमबार खेल प्रभावित हुँदा दर्शक निराश भएका थिए । उनीहरू आज पनि उपस्थित छन् ।
आज दर्शकका लागि मैदानमा नि: शुल्क प्रवेश दिइएको छ ।देशका विभिन्न ठाउँबाट सोमबार खेल हेर्न आएकाहरू आज पनि टी-यू मैदान पुगेका छन् ।
अहिले नेपालले ब्याटिङ गरिरहेको छ । विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ र आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4