
१९ वैशाख, काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा स्थान बनायो ।
वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार फेरि भएको थियो । एक विकेट मात्र बाँकी रहेको यूएई ११७ रनमै अल आउट भयो, नेपालले मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
तर खेलका क्रममा नेपालका ओपनर आसिफ शेख र यूएईका रोहन मुस्तफाबीच विवाद भएको छ ।
यूएईका फिल्डरहरुले नेपाली ब्याट्सम्यानलाई सुरुदेखि नै दबाबमा राख्न खोजेका थिए । त्यसक्रममा ननस्ट्राइकमा भएका बेला पनि आसिफ र मुस्तफाबीच विवाद भयो । त्यसबेला अम्यायर र अरु फिल्डरले रोकेका थिए ।
खेल सकिएपछि विवाद भयो । दुवै टिमका खेलाडीहरुले हात मिलाउने क्रममा थिए आसिफले मुस्तफासँग हात मिलाउन चाहेनन् । त्यसक्रममा दुई खेलाडीबीच विवाद भएपछि अरुले छुट्याएका थिए ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4